मैले देखेको बम्बै – कृष्ण राना भाट

0
95

“चुरापोते सिन्दुर लाकी रे!
सपनिमा अर्कैकी भाकी रे!!
बाटो सम्मैको हिंड् तिम्लाइ किन्दिउला निरमाया साडि बम्बैको ” प्रस्तुत लोक गित चर्चित लोकगायिका बिष्णु माझी र साथिहरुको स्वरमा गाइएको गित हो। यो सुन्दा लाग्छ कि मेरि निरमायालाइ पनि बम्बैको साडि लगाउने रहर होला बिचरी। हैन एक ताल बम्बै पुगेर साडि ल्याइदिउ कि क्या हो? दक्षिण भारतमा अबस्थित महारास्ट्र प्रदेसको राजधानी बम्बै हिन्दुस्तानकै मुख्य सान हो, मुख्य शहर हो। यसलाइ united kingdom of india नामले पनि पुकारिदो रहेछ कारण यहा ठुलो ठुलो गगनचुम्बि घरहरु, त्यही घरको छानो भाल्दा शिरमा लगाएको टोपी भुइमा खस्छ। मौसमको हिसाबले पनि यो ठाउ निक्कै राम्रो छ त्यती गरम पनि हुदैन र त्यती ठन्डि पनि। अत्यन्तै सुन्दर अनि सफा। मैले सुनेको छु बम्बै दुनियाँ कै नामुद बेस्या बस्ने ठाउ पनि हो। मैले सुनेको छु नेपालका सोझा चेलीहरुलाइ निमुखा जनाबरलाइ जस्तै बम्बैको कोठिमा लगेर बिक्री गरिन्छ र मैले यो पनि सुनेको छु कि बम्बै शहर ठुलो ठुलो धनीमानि बस्ने ठाउ हो।
हिन्दीमा मेरा बाउले एउटा किस्सा सुनाएका थिए बम्बै सम्बन्धमा त्यो के भन्दा “दिल्ली दिलवालेका, कलकत्ता ….. वालेका और बम्बै पैसावालेका” । हेर केटा अल्लि सोच पुर्याएर गएस तैले सोच्या जस्तो बम्बै होइन कुक्कुरले नपा दुख पाउलास, कैलेकाइ बाउले नि सहि कुरो गर्दा रहेछन साच्चिकै हो रहेछ। बम्बै सम्बन्धमा यस्ता कहानी किस्साहरु थुप्रै छन अहिले त्यता तिर नजाऔ होला बरु बिसयबस्तु तिरै केन्द्रित हौ।

कुरा गत साल फाल्गुन तिरको हो यो पङ्तीकारलाइ ज्यादा से ज्यादा घुम्न मन लाग्छ, देख्न मन लाग्छ, अनुभव गर्न मन लाग्छ जमिनमा गुडने देखी हावामा उडने पानीमा तैरने र उत्रने चिजको समेत अनुभब लिया मान्छे हु तर साच्चै नढाटी भन्दा म रेल गाडी चै चडेको थिइन। बाल्यकालमा बुढाबाउले रेल यहा बाट उ त्यो पारी डिभर्ना जत्ती लामो हुन्छ छुकछुक छुकछुक आबाज दिन्छ भनेर रेलका कहानी सुनाउथे।

केपि ओलिले रेल हाल्ने भनेर टीभिमा भासन ठोक्या नि सुन्या हु , कैलेकाइ चलचित्रमा नि देख्या थे। सुनौली बोर्डर पार गरेसी गाडीमा धमाधम ढिङ्का चिका र पन्जाबी भिड दे लगायतका हिन्दी गितले सिङ्गो गाडी नै थर्कमान बनायो, मानौ म डिजे हलमा छु। भारतकै सबसे ठुलो रेल जक्सनमा पुगियो मैले सोच्या जस्तो थिएन त्यो रेल station … मानौ म कुम्भ मेला हेर्न आएको छु बम्बै जान होइन।

मैले त्यती धेरै मान्छेको थुप्रो कि त अर्घा पुन्निममा देख्या थे कि चै २०६२ / ०६३ तिरको जनआन्दोलन भाग २ मा देख्या थे … अरे यार जिन्नकिमा पहिलो पल्ट रेल चढ्दै छु बम्बै जाने भनेर कतै पुर्ब दार्जीलिङ सिक्किम तिर लगेर अलपत्र पार्दिने त होइन ? मनमा एक किसिमको डर र त्रासले डेरा जमाएको थियो। खैर जे होस ४० घन्टाको लामो यात्रा पछि बम्बै कुर्ला station मा पुगे जेठान दाइ रेशम जि एम मलाइ रिसिभ गर्न बिहानै चार बजे देखी कुर्ला रेल टेसनमा खडा हुनुभएको रैछ उहासग भेट् भो घुइय तिन पाङ्ग्रेमा राखेर indian हिराहेरिनी, बिजनेसम्यान, भि आइ पि बस्ने ठाउ(बान्द्रा ) तिर लगेर जानु भो तिन दिन सम्मको अनिदो जिउ गलेर लखतरान भएको थिए। जिउ डाङरो जस्तो गन्हाएको थियो नुवाइधुवाइ गरिवरि अर्निपानी खाएर सुत्न लागे म। अर्को दिन दाजुले सलमान खान, साहरुख खान , अम्बानी लगायतका चर्चित indian हस्तीहरु बस्ने घर देखाइदिनु भो। बम्बैको सान होटेल ताज पनि देखाइदिनु भो त्यस दिन पुरै घुमफिर मै दिन बित्यो। खासमा म घुम्न गएको थिएन म त त्यहा रुप्पे कमाउन गएको थिए अथवा यसो भनौ त्यहा म मेरि निरमया लाइ धन कमाएर साडि ल्याइदिन गएको थिए।

सांसारको जुन सुकै कुनामा जानुस … सिप नसिक्या मान्छेको कामै छैन, सामान्य आलु प्याज छिल्न नसक्ने हामी जस्तो हरिल्नठक लाइ कसले दिन्छ नोकरी ? यसो ओफिस लाइन तिर घुसौ न त भने नि कम्प्युटर खेलाउने ढंग छैन यसो डाइभरी गरौ न त भनम भने नि स्टेरिङ समाउन आउदैन … न कुनै प्रुभ आइ डि साइडि छ ! आखिर गर्ने के त ? त्यही एउटा चौकिदारी छ त्यही गर्नु परेन त? dancer / अभिनेता जोन अब्राहमको घरमा चौकीदारिको नोकरी मिल्यो त्यही भर्ती भैयो , ठुलाबडाको घरमा गार्हो हुदो रैछ हिराहिरेनिका फ्यानहरुले सताउदा रहेछन ,” जोन साप” घर बाट निस्कदा र घर भित्र पस्दा त त्यहा उनका फ्यानहरुको जात्रा हुदो रहेछ ठेलमठेल हैट! कैलेकाहि यस्तो लाग्थ्यो यि jhon साप एक महिना कतै visit गैदिए नि आनन्द हुन्थ्यो कम्तीमा शान्त त हुन्थ्यो 😃😃तर त्यि JHON साप कहिल्यै घर छोडेर बाहिर रात बिताएनन। जहिले घर र अफिस गर्थे। कहिलेकाहि दिनको दस पटक नि अफिस र घर ओहोरदोहोर गर्थे। “बहादुर इदर आ जा ” भनेपछी लुरुक्क लाएर जानु पर्थ्यो मलाइ… सानोतिनो काम लगाउथे गर्नु पर्थ्यो।

यसरी नै दिनहरु बित्दै थिए अक्स्मात घरमा आमा सिकिस्त भएको खबर पाए , अब मलाइ घर फर्कने बाध्यता आइलाग्यो ” निरमयालाइ बम्बैको साडि ल्याइदिने मेरो सपना अधुरै रहयो ।
यि लेखकका निजि अनुभब हुन।