एभरेष्ट बैंकद्वारा असहाय बालबालिका र बृद्ध-बृद्धाको लागी आर्थिक सहयोग……

0
87

हिन्दूहरुको महान पर्व बडाद्शैको अवशर पारेर साँस्कृतिक संरक्षण संगै असहाय बालबालिका र बृद्ध बृद्धाको सहयोगार्थ ‘एक्टिभ एण्ड क्रियटिभ ग्रुप’ले कालिका ने.रा.मा.वि, खनमा दशंै तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। बिभिन्न राष्ट्रीय स्तरका कलाकारहरुले भरपुर मनोरन्जन दिएको उक्त कार्यक्रमलाई एभरेष्ट बैंकको सन्धिखर्क शाखाले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक सहयोग प्रदान गरेको थियो । सहयोग रकम बैंकका कार्यबाहक शाखा प्रबन्धक प्रकाश मर्हजन र कर्मचारी अर्जुन के.सी.ले संयुक्तरुपमा कार्यक्रम संयोजक पवन विश्वकर्मालाई हस्तान्तरण गर्नु भयो।