सरकार र व्यवसायी बिच भाडा बढाउने सहमती भएपनि देउराली यातायात व्यवसायी समितिद्वारा यात्रुहरुलाई पुरानै भाडादर मा सेवा प्रदान..

0
270

जिल्लामा लामाे समयदेखी सक्रिय भई सेवा प्रदान गरिरहेको देउराली यातायात ब्यवसायी समितिले सरकार र व्यवसायीहरुविच भाडा बढाउने सहमती गरेपनि यात्रुहरुलाई पुरानै भाडादर मा सेवा दिईरहेकाे जनाएकाे छ ।

नेपालीहरुकाे महान पर्व विजया दशमी र शुभ दिपावलीकाे बेला जनताकाे ढाड सेकिनेगरी १० प्रतिशत भाडा बढाउने निर्णय सरकार र यातायात व्यवसायी महासंघ बिच भएपनि जनताकाे समस्यालाई मध्यनजर गर्दै भाडा यथावत राखिएकाे समितिका प्रबक्ता गाेविन्द वन्जाडेले जानकारी दिए ।

प्रबक्ता बन्जाडेका अनुसार ग्रामिण क्षत्रमा मात्रै भाडा कायम रहनेछ भने कालाेपत्रे सडककाे भाडा भने सरकार बिच सहमती भए अनुसार गरिनेछ ।