सन्धिखर्कका मिर्गौला पीडित प्रेम थापालाई अहिले सम्म ४ लाख २० हजार सहयोग सन्कलन!

0
151

अर्घाखाँची साप्ताहिक, ११ आषाढ २०७५

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तर्गत वडा न ३ का प्रेम थापा को दुई वटै मिर्गौला बदल्नु पर्ने अवस्था आएको छ। बैदेशिक रोजगार को लागि भारतमा गएका प्रेम थापा लामो समय देखी बिरामी परेका थिए।

उपचारको क्रममा आफ्ना दुई वटै मिर्गौला खराब भईसहेको र तुरुन्त बदल्नु पर्ने भएको खबर पाए पछी चिन्ताले झन कमजोर बन्दै गएका थिए। एत्तिकैमा गाउ ठाउँका भाई साथीहरुले आफ्नो सक्दो बिभिन्न क्षेत्र बाट सहयोगको लागि अपिल गरे!

यु ए ई मा रहेका प्रेम थापाका गाउले भाई राजु खडका सो अभियानले सामाजिक सन्जाल बाट सहयोगको लागि अपिल गरे पछी अर्का गाउले भाई गणेस थापा र जिल्ला बासी प्रेमलाल पुरी को सहकार्यमा राजु खडकाले करिब नेपाली ७४ हजार सन्कलन गरेका थिए। सो रकम गाउले भाईसाथी र समाजसेवीको सहायताले सन्कलन भएको हो! छुट्टीको बेला बर दुबइमा आएका अर्घाखाँची जिल्ला बासीहरु सँग १०, २० ५० सय गरी सन्कलन भएको हो।

एक मिर्गौला आफ्नो दिन सहमत उहाको जीवन साथी तयार हुनु भएको छ तर प्रेम को स्वास्थ्य अवस्था कमजोर भएको हुँदा अहिले डाईलेसिस गरेर डाक्टरको पर्खाइमा छ। स्वास्थ्यमा स्थिरता आए पछी मात्र बादलने मिल्ने सुझाब डाक्टर को आएको छ।

बिभिन्न सामाजिक काममा हातेमालो गर्दै आएका राजु खडकाले प्रेम थापाको उपचार को लागि पैसा को कमी नहोस जरुरत परे फेरी हार गुहार गर्छौ भन्दै भारतमा उहा सँग नजिकै रहेका मान्यजनहरुलाई जानकारी दिनु भएको छ।

सहयोगको लागि उठेको रकम भारु ४६ हजार ३७१ रुपैया भारतमा कार्यरत समाजसेवी हरी थापाको नाम पठाईएको छ। अर्घाखाँची संपर्क मन्च भारतमा आबद्द मित्रहरुको हातेमालो को साथ सो रकम एही हप्ता भित्र पीडित प्रेम थापालाई हस्तान्तरण गरिनेछ।

हाल सम्म बिभिन्न देश बाट गाउ ठाउँ बाट गरी ४ लाख छ हजार सहयोग सन्कलन भएको छ। जस्मा बहराइन बाट जन संपर्क समिती बहराइन बाट ४१ हजार, नेपाली काङ्रेस सन्धिखर्क नगरपालिका वडा न ३ बाट २१ हजार २२० रुपैया, कुवेत बाट सुनिल थापा को नेत्रित्वमा २२ हजार ४ ७८ रुपैया, सुदर्शन शाह र मदन को नेत्रित्वमा ३६ हजार ९१०, शैलश शाह को नेत्रित्वमा अमेरिका बाट ५३ हजार ४७६, गोरुसिङेमा रहेका गाउलेहरु सँग नारायण गौतम को नेत्रित्वमा १४ हजार ७ सय, जम्मु कश्मिर बाट गाउले दाजु भाईको १६ हजार ४ सय, त्यसै गरी गाउले शिव थापा, अनमोल राक्से, सन्तोष सोमै लगायतको गाउले दाजु भाईको सम्योजक्तोमा १ लाख ४३ हजार १ सय ७२ गरी जम्मा ४ लाख २१ हजार १ सय ५० जम्मा भईसकेको छ भने गाउले दाजु भाई ईस्टमित्र र समाजसेवीहरु बाट उहाको खातामा जम्मा गर्ने कार्य चलिरहेको छ। अहिले सम्मको जानकारी अनुसार करिब ११ लाख रुपैया अपचारमा खर्च हुनेछ।