अर्घाखाँचीमा शहरका बोर्डिङ भन्दा गाउका बोडिङको पढाई राम्रो!

0
60

अर्घाखाँची साप्ताहिक

२०७४ एस एस सि को रिजल्टले अर्घाखाँची जिल्लाका आम जनतालाई सोच्न पर्ने अवस्था सिर्जना गरेको छ। सन्तानलाई पठाउनको लागि शहरमा डेरा लिएर बसेकाहरुलाई केही मात्रमा निरास बनाएको छ। बिभिन्न सहुलियत सँगै सन्चालनमा रहेका, ठुला ठुला भवन र मोटर हरुको ब्यबस्था समेत भएका बोर्डिङ स्कुलहरुले यो बर्ष जिल्ला भित्र गाउ ठाउँमा रहेका बोर्डिङको तुलना गर्न सकेन।

वास्तव मै शिक्षा ठुलो भवन र महँगो फिस बाट प्राप्त हुन्छ भन्ने सोच भएकाहरुलाई एस एस सि को रिजल्टले शिक्षा सस्कार र पारिवारिक माहौल बाट हुन्छ भन्ने सन्देश दिएको छ।

२०७४ को परिक्षामा सदरमुकाममा रहेका बोर्डिङ बाट नभई गाउमा रहेका बोर्डिङ बाट जिल्ला प्रथम भएका छन।

२०७४ सालको एस.इ.इ.परिक्षामा सनराइज इङ्गिलस बोर्डिङ्ग स्कुल सन्धिखर्क १२ डिभर्नाका कमल कुंवर जिल्ला टप हुनुभएको छ ।विद्यार्थी कुंवरले ३.८५ जिपिए अंक ल्याइ जिल्ला टपेको विद्यालयले दाबी गरेको छ ।अहिले सम्म अर्घाखाँचीमा सबैभन्दा बढि ३.८५ जिपिए ल्याउने विद्यार्थी सनराइज इङ्गिलस बोर्डिङ्ग स्कुल सन्धिखर्क १२ डिभर्नाका कमल कुंवर मात्रै भएकोले उहांनै जिल्ला टप भएको विद्यालयले दाबि गरेको हो ।यस्तै परिक्षामा युवा बर्ष जनता रविचित्र मा.वि.हटारीनेटाका सागर गिरीले ३.८० र सन्ध्या वाग्लेले ३.६५ जिपिए अंक ल्याउंदा सन्धिखर्क ग्रिन इङ्गिलस बोर्डिङ्ग स्कुलकी छात्रा सानिया भुसालले ३.७० जिपिए अंक ल्याउन सफल हुनुभएको छ ।

यसबैचि एस इइ परिक्षाको नतिजा सार्बजनिक भएको ३ दिन बितिसक्दापनि शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले जिल्लाको यथार्थ नतिजा सार्बजनिक गर्न सकिरहेको छैन । राष्ट्रिय परिक्षा वोर्डले स्कूलगत बिवरण हाल सम्म उपलब्ध नगराएकोले आफुहरुले आधिकारीक रुपमा जानकारी दिन नसकेको शिक्षा बिकास तथा समन्वय ईकाईका अधिकृत चोपलाल बेल्वासेले जानकारी दिनुभएको छ । २०७४को एस.ई.ई. परिक्षामा अर्घाखाँची बाट २ हजार ९ सय ३३ छात्रा र १ हजार ५ सय ८५ छात्र गरी कुल ३ हजार ५ सय १८ जना परिक्षार्थी परीक्षामा समाबेस भएका थिए ।-स्रोतःपत्रकार महासंघ प्रदेश सदस्य शोभाखर पन्थी