अर्चना पनेरुको पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षको लागि जेल चलान

0
67

पोर्न स्टार बन्ने भन्दै चर्चामा रहेकी कलाकार अर्चना पनेरुको पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई बालयौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ।

गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो।

त्यस्तै, दुई बालकलाई समेत उद्दार गरिएको थियो। काठमाडौं जिल्लाको आदेश अनुसार प्राइसलाई जेल चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जनाकारी दिए।

प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए।
सेतो पार्टी बाट साभार्