गाई काटेर खान पाउनुपर्ने उपसभामुख तामाङको अभिव्यक्तिप्रति नेबि संघको प्रदर्शन

0
42

here काठमाडौँ । प्रदेश तीन की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दू नेपालीहरुले गौँ माताको रुपमा मान्दै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यबाट प्रेरित रहेको भन्दै शनिबार युवा विद्यार्थीहरुले उप सभामुखकै गृह जिल्ला नुवाकोटमा मसाल जुलुस सहित प्रदर्शन गरेका हुन्।

नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिबार साँझ नुवाकोटको ढुँगेबजार देखि सुरु गरेको मसाल जुलुस बिदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई संवोधन गर्दे नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, बिद्यार्थी नेताहरु शकर पान्डे, निरञ्जन थापा, कृष्ण मिश्र,पारस अधिकारी, पबन थापा, स्वेच्छा उप्रेती, लगाएतले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दे जातीय र धार्मक सद्भाव भड्काउने उद्धेश्यवाट प्रेरित रहेको आरोप लगाए।

कोणसभाका सहभागिहरुले निर्वाचनमा बहुमत प्राप्त गरेको दम्भमा जनताको आस्थामा प्रहार भईरहे त्यसका विरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिएका छन्। source:dcnepal