अर्घाखाँचीमा हर्ष उल्लासका साथ आज रंगहरुको पर्व होली मनाईयो, हेर्नुहोस तस्बीरहरु

0
78

सुदन खड्का
अर्घाखाँचीको सन्धिखर्कमा हर्ष उल्लासका साथ आज रंगहरुको पर्व होली मनाईएको छ । बिहान अर्घाखाँची युवा परिषद् को पञ्चे बाजा र नाचगान सहितको टालीले बजार परिक्रमा गरेको थियो जस्मा सयौँ यूवा युवती हातमा सप्तरङी रङ का पोका लिएर अबिर लगाईदिदै खुशियाली साटासाट गरेका थिए ।

यस्तै चुत्राबेशी त्रिबेणी चोकमा पनि अर्घाखाँचीको इतिहासमा पहिलो पटक एमस क्लबले आयोजना गरेको डिजे कन्र्सटमा डिजे भिरक र डान्सर आशिश गहतराजले अर्घाखाचीका यूवा यूवतीलाई राम्रैसगँ नचाएका थिए। हेर्नुहोस आज अर्घाखाँचीमा मनाइएको होली पर्वका तस्बीरहरु