प्रदेश नम्बर ५ भित्र रहेका १२ जिल्लाहरु क्रमस नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम), रूपन्देहि, कपिलवस्तु , पाल्पा , अर्घाखाँची , गुल्मी , रूकुम , रोल्पा , प्युठान , दाङ , बाँके र वर्दिया जिल्लाहरु लाई एकजुट गराउनको लागि यु ए ई मा रहेका १२ जिल्लाका मान्यजनहरुको सकृयता ९ फेब्ररी को दिन दुबइमा प्रदेश नम्बर ५ संपर्क समिती यु ए ई को १७ सदस्सिय कार्य समिती गठन भएको छ।
हरेक सुख दु:ख, सामाजिक कार्यमा एकता, समाज उन्न्तीको लागी पहल जस्ता मुख्य उदेश्य बोकेको सो सस्थामा अर्घाखाँचीका राजु खडका अध्यक्ष पदमा सर्ब सहमति मा चयन भएका छन। त्यसै गरी बरिस्ठ उपाध्यक्ष दाङ बाट नरेस सेन, उपाध्यक्षमा क्रमस रुपन्देही बाट तारा मल्ल र रोल्पा बाट डिलाराम वली चयन हुनु भएको छ। महासचिबमा गुल्मी बाट खग्रेन्द्र पराजुली, सचिबमा बाके बाट मोहन नाथ योगी र रुपन्देही बाट भिम के शि रहनु भएको छ भने कोसाध्यक्षमा दाङ बाट विस्वदेब साह शाह, सह कोसाध्यक्षमा कपिल्बस्तु बाट शुस्मा खरेल रहनु भएको छ भने प्रबक्तामा रोल्पा बाट कुमार के शि चयन हुनु भएको छ। सदस्यहरुमा वीर बहादुर घर्ती मगर (रोल्पा), कैलाश खाम मगर (रुकुम), चन्द्रकला घिमिरे (अर्घाखाँची), कृतिमान पुन मगर (रोल्पा), नारायण आचार्य (प्युठान), दुर्गा प्रशाद पौडेल (बर्दिया), जीवन सिंह ठकुरी (गुल्मी) बाट चयन हुनुभएको छ भने अन्य प्रत्यक जिल्ला बाट पुन थप्ने निर्णयमा सहमति भएको छ।
एकता समयको माग हो र ५ नम्बर प्रदेशमा प्रकृतिक सम्पदा र धार्मिक स्थलको धरोहर भएको हुँदा एस्लाई राम्रो सँग प्रचार प्रसार गर्ने हो भने सो प्रदेशमा उच्च स्थानमा लैजान र रोजगारको सिर्जना गर्न सक्ने सम्भावना बढी रहेको देखिन्छ जस्को लागि यो संपर्क समितीको निकै ठुलो भूमिका रहनेछ।
सस्था अझ मजबुत र मार्ग दर्शनको लागि भनेर प्रमुख संरक्षक चित्र के शि (रुपन्देही) र बरिस्ठ सल्लाहकारमा सालिक सुबेदी (दाङ) र चन्द्र सारु मगर (रुपन्देही), सल्लाहकारमा दुर्गा प्रशाद काफ्ले (गुल्मी), सालीक सुबेदी (दाङ), लक्ष्मण अर्याल (गुल्मी), बेद प्रशाद अर्याल (पाल्पा) अन्य पछी पहिलो बैठक ले थप्ने गर्ने निर्णय गरेको छ।
प्रथम भेलामा १२ वटा जिल्ला बाट प्रतिनिधित्व गर्दै गुल्मी बाट लक्ष्मण अर्याल, पाल्पा बाट बेद प्रशाद अर्याल, अर्घाखाँची बाट राजु खडका, दाङ बाट नरेस सेन, प्युठान बाट नारायण आचार्य, बाके बाट मोहन नाथ योगी, बर्दिया बाट दुर्गा प्रशाद पौडेल, रुपन्देही बाट भिम के शि, कपिलबस्तु बाट शुस्मा खरेल, रोल्पा बाट वीर बहादुर घरती मगर, रुकुम बाट प्रिथक बुढा मगर को साथै समाजसेवी खुम बहादुर आले मगर, दुर्गा काफ्ले, चित्र के शि ज्युले मन्तब्य राख्नु भएको थियो।
५ नम्बर प्रदेश भित्र रहेका सम्पूर्ण जिल्लाबाशीहरुले बिदेस मा आईपरेका समस्या मात्र नभए देशमा पनि एकजुट हुन र समाज उन्नतिको लागि मिल्नु पर्ने दायित्व हाम्रो हो भन्दै यो समितीको कल्पना गरेको प्रमुख संरक्षक चित्र के शि ले जानकारी दिनु भएको थियो भने सल्लाहकार समेत रहनु भएका दुर्गा प्रशाद काफ्ले ले यो समितीले निकट भबिस्यमा नै स्वदेश मै सामुहिक लगानीको लागि पनि पहल गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो।
नयाँ आयम र सोचका साथ नमुना सस्था बनाउने योजनाका साथ उपस्थित हुनुभएका सम्पूर्ण १२ जिल्ला बाशीहरु बाट सम्पन्न सो भेला को सभापतित्व अर्घाखाँची महिला समितीकी अध्यक्ष सिर्जना केशी ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालनमा चन्द्र सारु मगर रहनु भएको थियो।