भगवान विष्णुका भक्त शेषनाग कति शक्तिशाली छन् ?

0
134

हिन्दु पौराणिक कथा अनुसार शेषनाग भगवान विष्णु संसारका रक्षक मानिन्छन्। भगवान बिष्णु सधैँ काल स्वरुप शेषनागमा आरामले बसिरहेका र आडमा महालक्ष्मी पनि हुन्छिन्।

नागराज अनन्तलाई नै शेषनाग भनिएको हो। शेषनाग भगवान बिष्णुका अत्यन्त प्रिय छन्।ग्रन्थहरुका अनुसार सारा सृष्टिको विनापछि पनि शेषनाग जिवित रहन्छन्, त्यसैले उनको नाम शेषनाग रहन गयो।

शेषनाग भगवान बिष्णुको पलङको रुपमा क्षिर सागरमा रहन्छन् र आफ्नो हजार मुखबाट शिव भगवानको गुण अनुवाद गर्छन्।

भक्तहरुको सहायक र जिवहरुलाई भगवानको शरणमा लैजाने पनि शेषनाग नै हुन्। किनकी शेषनागनको बल पराक्रम, गन्धर्व, अप्सरा, सिद्ध, किन्नर, नाग आदीलाई पनि थाहाँ छैन। त्यसैले शेषनागलाई अनन्त पनि भनिन्छ।

जब-जब भगवान विष्णु धर्तीमा अवतरित हुन्छन् शेषनाग पनि कुनै-न कुनै रुपमा अवतरित हुन्छन्। लक्षमण र बलराम शेषनागकै अवतार हुन्।रामायण र महाभारतमा शेषनाग भगवान बिष्णुका सहायक थिए। रामायणमा भाई लक्ष्मणको रुप र महाभारतमा दाई बलरामको रुपमा थिए।