सुरु हुदैछ ‘नेपाल आईडल’को दोस्रो शृङ्खला, अडिसन कहिले ? तयार रहनुस्

0
75

केही महिना अघिमात्र सम्पन्न भएको नेपालकै मेघा रियालिटी टिभी’ शो ‘नेपाल आईडल’ को दोश्रो शृङ्खला सुरु हुने भएको छ । नेपाल आईडल अन्तरास्ट्रिय फ्रेन्चाईज शो हो, जुन नेपालमा पहिलो पटक भित्रीएको हो । हरेक पक्षबाट निकै बिबाद र चर्चा सहित संचालन भैरहेको नेपाल आईडलको फाईनल हुदा समेत विवादमा अछुतो रहन सकेको थिएन ।

पहिलो नेपाल आईडलमा विवाद धेरै भएपनि नेपालमा पनि बृहत् र उच्चस्तरिय प्रबिधिको प्रयोग गर्दै उत्कृष्ट क्वालिटिको कार्यक्रम गर्न सकिने रैछ भनेर प्रमाण भने सबै सामु छर्लङ्ग बनाईदिएको थियो । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनमा गरिनेछ । हाल अन्तरास्ट्रिय फ्रेन्चाईज शो कै रुपमा एपिवानले नेपाल भित्र्याएको ‘बुगि विगि’ रियालिटी शो सन्चालन भैरहेको अवस्थामा ‘नेपाल आईडल सिजन २’ को घोषणा भएको हो ।

गत बिहिवार एपिवान टेलिभिजनले नेपाल आईडलको आधिकारिक फेसबुक पेज मार्फत दोश्रो शृङ्खलाको एक तस्वीर सहित स्टाटस पोस्ट गरेको छ । संचालनमा आउने दोश्रो सिजन अझ बढी रमाइलो र उत्साहजनक हुने जनाएको छ । उक्त रियालिटी शोको अडिसनबारे पनि छिट्टै जानकारी गराउदैछ । नेपालको पहिलो एचडी टेलिभिजनले ‘नेपाल आईडल’ र ‘बुगि उगि’ संगै ‘नेपाल्स गट ट्यालेन्ट’, ‘को बन्छ करोड पति’ नामक अन्तरास्ट्रिय फ्रेन्चाईज शो हरुको पनि आयोजना गर्दैछ । नेपाल आईडलको पहिलो सिजनबाट बुद्ध लामा पहिलो, निशान भट्टराई दोश्रो र प्रताप दास तेस्रो भएका थिए । हाल उनिहरु देश बिदेशका कार्यक्रमहरूमा निकै ब्यस्त छन् ।