भुटेको मकैले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु यस प्रकार छन्

0
96

हाम्रो गाउँघर तिर सजिलैसँग पाइने खाजा भनेको भुटेको मकै हो । अचेल फ्लिम हलहरुमा पनि भुटेको मकै पपकोर्नको रुपमा बडी मात्रामा प्रयोग हुन थालेको छ । भुटेको मकै निकै स्वादिलो हुने भएकाले मानिसहरुले यसलाई रुचाएका हुन् । यसले स्वाथ्यलाई पनि निकै फाइदा पुर्याउँछ । यसमा प्रसस्त मात्रामा पोषक तत्वहरु पाइन्छ । यसले स्वास्थ्यमा देखापर्ने धेरै खालका समस्याहरु निको पार्न मद्धत गर्छ ।

भुटेको मकै खाँदा स्वास्थ्यमा हुने फाइदाहरु यस प्रकार छन् :

१) कोलेस्ट्रोल नियन्त्रण : भुटेको मकैमा फाइबरको मात्रा धेरै हुन्छ । त्यसैले यसले हाम्रो शरीरमा अनावश्यक कोलेस्ट्रोलको मात्रा बढ्न दिदैन । जसले गर्दा हृदयघातको सम्भावना कम हुन्छ ।

२) मोटोपना घटाउँछ : भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो । यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ ।

३) मधुमेहका रोगीलाई फाइदजनक : भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।

४) हड्डी बलियो बनाउँछ : भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । भविष्यमा ओस्टेपोरोसिस, एथ्रिटिस र ओयस्ट्रोआथ्रिसिसबाट पनि यसले बचाउँछ ।

५) क्यान्सरबाट बचाउँछ : भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

६) बुढ्यौली रोक्छ : भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

७) आइरनको प्रचुरता : एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।