यी खानेकुरा नियमित खनाले हाम्रो शरीरलाई रोगले जित्न सक्दैन – पढ्नुहोस !

0
138

शरीरको प्रतिरोधी क्षमता अर्थात इम्युनिटी बढाउनका लागि तपाईलाई औषधि खानु आवश्यक छैन। कयौ प्राकृतिक उत्पादनले तपाईको यसका लागि महत्वपूर्ण काम गर्ने गर्दछ । त्यसमध्ये केही उत्पादन यस्ता छन्ः–

अदुवा

सुगन्धित अदुवामा कयौ गुण हुन्छन् । आयुर्वेदमा यसलाई ज्वरो क मगर्ने, खराब गला ठिक पार्ने र खोकीबाट राहत दिलाउने औषधिका रुपमा वर्णन गरिएको छ। यसका साथै अदुवामा केही विशेष संक्रमणरोधी गुण पनि हुने गर्दछ ।

लसुन

नेपाली परिकारमा निकै नै प्रयोग गरिने लसुनमा उलिसिन नामको विशेष तत्व हुने गर्दछ । यसबाट रगतको सेतो रक्त कणिकाहरुलाई बढावा प्राप्त हुन्छ । जसले शरीरमा भाइरस र अन्य संक्रमणहरुलाई मार्ने काम गर्दछ । एलिसिनले त्यस्ता कोशिकाहरुलाई पनि सक्रिय पार्दछ जसले शरीरको इम्युन सिस्टमलाई बलियो बनाउने गर्दछ । जिसोयाममा हुने रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्यासँग लड्न लसुन निकै प्रभावकारी मानिन्छ ।

प्याज

एलिसिन नामक तत्वमा पनि हुन्छ । नेपाली चुल्होमा प्याजको विशेष स्थान छ । यसका साथै प्याजमा क्वेरसेटिन नामको विशेष तत्व पनि पाइन्छ । जुन शरीरमा प्रतिरोधी कोशिकाहरुको केन्द्रमा म्युकस बनाउन सहयोग गर्दछ ।

खुर्सानी

कयौ रङ्गको खुर्सानीमा अलग अलगका प्राकृतिक भिटामिन पाइन्छ । खुर्सानीमा पाइने भिटामिन सी र फ्लेभिनायड चिसो, रुघाखोकी र ज्वरोजस्ता रोगसँग लड्नका लागि शरीरका प्रतिरोधी क्षमता बढाउँछन् ।

कागती

भिटामिन सीको एउटा प्रमुख स्रोत कागतीमा स्वादका साथसाथै शरीरलाई रोगसँग लड्ने क्षमता पपिन दिन्छ । विरुवाको यही परिवारमा पर्ने सुन्तलाजस्तै फल पनि शरीरमा इम्युनिटी बढाउन निकै सहयोगीसिद्ध हुने गर्दछ ।

मशरुम

विगत कयौ दशकदेखि संसारमा कयौ स्थानमा मानिसहरु मशरुमलाई शरीरको प्रतिरक्षाका लागि लाभदायी मानिएको छ। अध्ययनहरुका अनुसार यसले शरीरमा सेतो रक्त कणिकाहरुको उत्पादन र त्यसको सक्रियता पनि बढाउने छ । एजेन्सी

र यो पनि पढ्नुहोस

जाडो महिना सुरु भइसकेको छ । विशेषगरी आज राजधानी लगायतका विभिन्न स्थानहरुमा वर्षा भएसँगै चिसो अत्यधिक बढेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ ।

प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ । चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

१. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

२. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ ।

ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

४. पालुङ्गोः पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

५. गाजरः चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

६. कोकोः काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।

७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

८. अदुवाः चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

९. दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

१०. चियाः चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।