शाहस थपिदिने प्रेरक भनाईहरु

0
107

सामान्य जीवन मात्र बिताउने चाहना हामीहरु प्राय:को हुँदैन । हामीले सधै कुनै न कुनै सपना बुनिरहेका हुन्छौं । तर ती सपनाहरु विभिन्न कारणवस हाम्रो दिमाग भित्रै अल्झिरहेका हुन्छन् । ती सपनाहरुलाई उल्झनबाट फुकाएर बाहिर निकाल्नको लागि सफल व्यक्तित्वहरुका संघर्ष र भोगाइका कथाहरुले सघाउन सक्छन् ।

यहाँ त्यस्तै भोगाइबाट आएका केही भनाइहरु समावेश गरिएको छ :

1” आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु , केही नभन्नु र केही नबन्नु । “

– एरिसटोटल

2” जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारणले नै मैले आफैले काम गर्न जानें ।”

– अल्बर्ट आइन्स्टाइन

3” हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ ।”

– महात्मा गान्धी

4” कुनै समय पनि तिमी नर्भस हुँदैनौ भने तिमी मानिस नै होइनौ ।”

– सिड्नी क्रोस्ब्य

5” आफ्ना असफलता देखि नपछुताऊ, प्रयास गर्न छुटेका अवसरहरु देखि पछुताऊ ।”

– ज्याक क्यान्फिल्ड

6” दिनको एकपटक तिमीलाई डर लाग्ने काम गर ।”

– एलेनोर रुजवेल्ट

7” तिम्रो समय एकदमै छोटो छ, त्यसैले आफ्नो समयमा अरुको जिन्दगि बाँच्न छोडीदेऊ ।”

– स्टिभ जब्स

” मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्र डुब्नु नै पर्छ ।” – चिनिया भनाई