आफ्नो मृगौला सफा राख्नको अपनाउनुहोस यस्ता उपायहरु

0
139

मृगौला हाम्रो शरीरको एउटा निकै महत्वपुर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई सुद्ध बनौन निकै ठुलो भूमिका खेल्छ । त्यसका साथै शरीर भित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्धत गर्छ । यसले शरीरको रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ ।

यदि मृगौला खराब भयो भने हाम्रो शरीर भित्र विभिन्न बिषाक्ति पदार्थ जम्मा हुन्छ । यसले गर्दा हामीलाई विभिन्न रोगहरुले सताउने गर्छन् । त्यसैले हामीले सधैँ आफ्नो मृगौलालाई स्वास्थ्य राख्न ध्यान दिनुपर्छ । हाम्रो सा- सानो गल्तीले पनि मृगौलालाई असर पुर्याउन सक्छ ।

मृगौलालाई स्वास्थ्य राख्नको लागी अपनाउनु पर्ने उपायहरु यस प्रकार छन् :

१) शरीरमा उच्च रक्तचाप भयो भने यसले मृगौलालाई असर पुर्याउँछ । त्यसैले रक्तचाप नियन्त्रणको लागी नुनको मात्रा कम गर्नुपर्छ ।

२) प्रसस्त पानि पिउनाले मृगौलालाई बिषाक्ति पदार्थ बाहिर निकाल्न सजिलो हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

३) धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मृगौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौ ।

४) यदि मृगौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहोर्‍याएपछि मृगौलाको रोग ठिक हुन्छ ।

५) रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मृगौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मृगौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

६) निस्क्रिन जीवनले पनि मृगौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशि गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

७) मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

८) मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।