एक हप्तामा कति कमायो निखलको ‘पिँजडा ब्याक अगेन’ले ?

0
379

काठमाडौँ – एक हप्ता अघि प्रदर्शनमा आएको चलचित्र ‘पिँजडा ब्याक अगेन’ले पहिलो दुई दिनमा ६६ लाखको कमाई गरेको बताइएको छ । चलचित्रले शुक्रवार राजधानीमा १२ लाख र शनिवार २६ लाखको बिजनेस गरेको बताइएको छ ।यस्तै मोफसलबाट दुई दिनमा २८ लाखको बिजनेस गरेको बताइएको छ ।

फिल्मलाई हिमाल केसीले निर्देशन गरेका छन् । श्रीराम बरालको प्रस्तुतिमा तयार चलचित्र गोविन्द गैरे र रोहित पुरी निर्मातामा छन् ।

फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, प्रदिप दाहाल, कुशाग्र भट्टराई, पुकार भट्टराई, सुन्दर श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।फिल्मलाई सौरभ लामाले छायाङ्कन गरेका छन् भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।