अनमोलको फ्यानलाई दु:खको कुरो – कतिलाई थाहा छ अनमोलको रोग, लोवर ब्याक पेन जुन निको हुदैन…(भिडियो)

0
1765

source link अहिलेका सुपरस्टार अनमोल केसीलाई कहिल्यै निको नहुने रोग लागेको छ । यसो भन्दा अनमोलको फ्यानलाई नराम्रो लाग्न सक्छ । तर यो साँचो हो । अनलाईनखबरको एक अन्तर्वार्तामा अनमोल केसीले आफुलाई कहिल्यै निको नहुने रोग लागेको बताईएको हो । उनले आफुलाई लोवर ब्याक पेन भएको र त्यसले दाड पछाडीको मासु च्यातिएको बताएको हो । उनका अनुसार यो रोग कहिल्यै निको हुदैन । बेला बेलामा शाारिरीक व्यायाम भन्ने गरिरहनुपर्छ ।

अनमोललाई यो रोग कसरी लाग्यो भने कुरा उनी आफैले अन्तर्वातामा बताईएको छ । उनले आफुले फिल्मको लागि मेन्टेन गर्न शारिरीक व्यायाम गर्दा आफ्नो दाड पछाडीको मासु च्यातिएको र त्यसको कारण लोवर ब्याक पेन भएको बताईएको हो । यसले सामान्य असर बाहेक खासै अरु असर पादैन । बृला बेलामा व्यायाम र आराम भने गरिरहनु पर्ने बुझिएको छ ।

आफुलाई भेजिटेरिएन भन्न रुचाउने अनमोलले अण्डा समेत नखाने बताएका छन् । फिल्म कृ को लागि शारिरीक व्यायाम गर्दा उनले सागसब्जी र फलफुल मात्र खाएको बताईएता पनि कृ को वर्कशपमा उनले अण्डा खाएर ज्यान बढाएको समाचार बाहिर आएको थियो । जुन कुरालाई प्रोडक्शन डिजाईनर शंकर पाण्डेले पुष्टि गरेका थिए । अनमोल अभिनित कृ यहि माघको २६ गतेबाट रिलिज हुदैछ ।