श्रम गर्न जाँदा यसरी ठगिए अर्घाखाँचीका भुसाल।

0
260

वैदेशिक रोजगारी धेरै नेपालीहरुलाई साच्चिकै एउटा ठुलो रहर अनि बाध्यता छ भने त्यस अन्तर्गत हुने नेपालमा रहेको श्रम कार्यालयमा तिनै सर्वसाधारण जनताको कामलाई सुलभ र सहजीकरण गर्न राज्यको तलब भत्ता खाएर बसेका सरकारी कर्मचारीहरु मध्ये कसैलाई बर्ह्मलुटको मनग्य खजना बनिरहेको छ श्रम तथा रोजगार बिभाग।

बारम्बार अनुगमन लगाएत अक्तियार दुरुपयोग अनुसन्धान आयोग देखि विभिन्न सुरक्षा निकाय तथा पत्रकारहरुको प्रत्यक्ष अप्रत्यक्ष निगरानी हुँदाहुँदै पनि श्रम मन्त्रालय अन्तर्गत रहेको श्रम बिभागमा खुलेआम घुस र कमिसनका नाममा मोटो रकम असुल्नेहरुको भने केहि कमि आएको छैन। यस्तै ठगीको सिकार बनेका छन अर्घाखाँची सनपा -९ घर भइ घरेलु कामदारका रुपमा कुवेतमा काम गर्ने रमेश प्रसाद भुसाल झण्डै दस वर्ष देखी वैधानिक तरिकाले नेपाल सरकारको कानुनी प्रक्रिया पुरा गरेर आवत-जावत गर्दै गरेका उनलाई यो पटक भने श्रम बिभागमा निक्कै सास्ती भोग्नुपरेको छ।

आफ्नो नाबालक दुधे छोराको उपचार गर्न इमर्जेन्सी बिदा लिएर नेपाल गएका थिए भुसाल, छोराको उपचार पछि ऊनी पुनः कुवेत फर्कने भन्दै कुवेत स्थित नेपाली दूतावासबाट कुवेत फर्कन मिल्ने सम्पुर्ण कागजातहरु साथमा लिएर श्रम कार्यालय छिरेका भुसाललाइ श्रम बिभागमा उनको श्रम बन्न नसक्ने भन्दै प्रशासन शाखामा पठाइएको थियो त्यहाँ कुवेत स्थित नेपाली दूतावासबाट आधिकारिक रुपमा मेल नआएको सुचना दिइयो त्यस लगत्तै रमेश भुसालले कुवेतमा रहेका आफ्ना भाइलाई तुरुन्त फोन गरेर कुवेत स्थित नेपाली दूतावासमा गएर मेल गर्न भनी लगाए सोही अनुसार उनका भाइले कुवेत स्थित नेपाली दूतावासमा गै विवरण बुझ्दै जाँदा दुताबासले पहिलेनै आधिकारिक रुपमा मेल सहितको सबै सुचनाहरु पठाइ सकेको र उक्त सूचनाको दर्ता नम्बर समेत जानकारी गरायो तत्पश्चात रमेश भुसालले सो को जानकारी श्रम अधिकारीलाई तुरुन्तै गराए तर विडम्बना आधिकारिक रुपमै उनलाई नेपाल सरकारका लुइँटेल थर गरेका एक अधिकृतले सरकारले कुवेत जाने घरेलु कामदारलाई श्रम स्वीकृत नगर्न आदेश जारी गरेको सुचना देखाएर तपाईंको काम बन्दैन भनेर फिर्ता पठाए।
आफ्नो काम नबन्ने भएपछि निरास बनेर बाहिर निस्केका रमेश प्रसाद भुसालले त्यहाँ बाहिर रहेका श्रमको फारम भर्ने ब्यबसाय गरेर बसेको व्यक्तिलाइ सहयोग गरिदिन अनुरोध गर्दा सबैले एउटै खालको रकम लाग्ने भनेपछि सबैभन्दा कममा कस्ले काम गर्छ त भनेर केहिबेर खोजी गर्दा एउटा श्रमको अनलाइन फारम भर्ने पसल बाट उनलाई सहयोग गर्न सकिने आश्वासन दिइयो साथै काम गरेबापत लाग्ने तिन प्रकारको दस्तुर समेत बताइयो।

उनलाई बताएको श्रम बाहेक अतिरिक्त लाग्ने खर्चको विवरण यसरी बताइएको थियो।

१- श्रम कार्यालय जानुअघि सिधै उनीहरुको माध्यम बाट मात्रै श्रम गराए बिमा र श्रममा लाग्ने खर्च भन्दा बापत भन्दा रु ४००० चार हजार अतिरिक्त लाग्ने।

२- यदि श्रम कार्यालय गएको तर हाकिम सम्म नपुगी बिच काउन्टर बाट बुझेर मात्रै फर्केने वालाले बिहानको सिफ्टमा खटिएका कर्मचारीहरुलाई सेटिङ्ग मिलाए बापत श्रम र बिमाको रकम भन्दा रु.८००० आठ हजार धेरै लाग्ने।

३- काउन्टर भन्दा भित्र अधिकृतको सम्म कागजात पुगेको श्रमवालाले आफ्नो श्रम र बिमाको रकम भन्दा रु.१२००० बाह्र हजार बढी तिरेर श्रम गर्न सकिने जानकारी गराए।

श्रमको काममा तिन दिन सम्म दिनरात जताततै भौंतारिएका भुसालको त्यसै दिनको राती दशबजेको उडानबाट कुवेत फिर्ता आउनुपर्ने बाध्यता थियो त्यसैले उनले आफ्नो श्रम र बिमाको रकम भन्दा रु ८००० आठ हजार धेरै रकम तिरेर जनवरी चार तारिक मै एक घण्टा भित्र श्रम गरेको कागजात हातमा आइपुग्यो त्यसपछि त्यसै राति कुवेत फर्के।

खाडीको रापमा रगत र पसिना संग पैसा साटेर पठाएको रेमिटेन्सले तिनै भ्रष्ट कर्मचारीको परिवार पाल्ने तलब सरकार मार्फत उपलब्ध गराउदा पनि राज्यको तलव सुबिधा लिएर घुस र कमिसन खाने कर्मचारीहरुको बिगबिगीले नेपालको अर्थतन्त्रकै तहस नहस मात्र भएको छैन कि देशमा नियम कानुनको पालना पनि हुदै भन्ने प्रस्ट भएको छ, यो त यौटा उदारण मात्र हो हरेक दिन खाडीमा काम गर्ने नेपालीले घर बिदामा रहेर फर्कने बेला श्रम बिभागको हर्कतले खाडीबाट घरबिदामा जादा पनि सोच्नु पर्ने अबस्था आएको छ।
युबराज बस्याल, कुवेत।