७ मुख्यमन्त्रीमा ३६ जना भिडदै

0
24

पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन्, राजधानी दैनिकमा खबर छ ।

प्रदेशसभाको उम्मेदवार बनेका नेताहरू अब केन्द्रीय राजनीति नभई प्रदेशकै राजनीतिको नेतृत्व गर्नेगरी प्रदेशतर्फ फर्केका हुन् । सर्वसाधारण जनताका बीचमा पुगिरहेका उनीहरूले आफू प्रदेशसभाका उम्मेदवार मात्रै नभई भावी मुख्यमन्त्रीको उम्मेदवारसमेत रहेको दाबी गर्दै आफैंलाई मतदान गरी विजयी बनाउन आग्रह गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरेका छैन । निर्वाचनपछि पार्टीको हैसियत एवं अन्य पार्टीसँग हुने तालमेलका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले निर्वाचनबाट आउने परिणामपछि नै मुख्यमन्त्रीको निर्णय गरिने नेताहरू बताउँछन् ।
एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्नेको होडबाजी नै छ । कांग्रेसभन्दा बढी मुख्यमन्त्रीका दाबेदार वाम गठबन्धनबाट बढी छन् । सर्वसाधारणसँग मत माग्दै प्रचारप्रसारमा रहेका उनीहरूले आफू भावी मुख्यमन्त्रीको उम्मेदवार रहेकाले आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गरिरहेका छन् ।
कसका दाबेदार कति ?
कांग्रेस–६
एमाले–१४
माओवादी केन्द्र–५
राजपा नेपाल–७
फोरम नेपाल–३