कांग्रेसको सबै तहमा कार्यकर्तालाई पाटी प्रशिक्षणको आबस्यक छ!

0
48

४६ सालमा प्रजातन्त्रको उदयसगै कांग्रेसका धेरै जसो नेताहरु सत्ताको वरिपरि घुम्ने र टाठाबाठा कार्यकर्ताहरु पनि नियुक्ति र जागिरमा घुसेर थन्किए । गाउँमा बसिरहने इमानदार कार्यकर्ताहरुले सधै एमालेले सराप्दै गाली गरिरहेको मात्रै सुने र कम्युनिस्टहरुको गाली कांग्रेसमाथी खनिएको अहिलेका युबापुस्ताले पनि सुनिरहे यसरी जनता मा भ्रम पर्न गयो कि कांग्रेस त साच्चै नराम्रो र रास्ट्रघाती नै रैछ क्या हो ! फलस्वरूप बिस्तारै कम्युनिस्टले कांग्रेसलाई पछाडि पार्दै अगाडि जान सफल भएको छ तसर्थ अब कांग्रेसको अगुवा नेतृत्वले कार्यकर्तालाई १- कांग्रेस के हो र कांग्रेसमा आवद्ध भएर के गर्ने ? २- कांग्रेसले बिगत इतिहासमा के गरेको छ र आउने दिनमा देस र जनताको लागि के गर्छ ? ३- कांग्रेस र अरु पाटिमा भिन्नता के छ र कांग्रेस भएमा किन गर्व गर्ने र ४- चुनावमा एक्कासि पाटिको टिकेट माग्नेलाइ नभई कांग्रेसको यस्तै प्रशिक्षण र कार्यकर्ताको साथमा भिजेको अगुवा कार्यकर्ताबाटै नेतृत्व छनौट गर्दै कांग्रेसले अब जिरोबाट कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु जरुरी छ । –
जय नेपाल
चन्द्र सारु मगर
महाधिवेशन प्रतिनिधि -नेपाली कांग्रेस