डाक्टर बि सि लाई कृष्ण रानाको चिठ्ठी!

0
244

डाक्टर साब नमस्कार,
कुशल छु र सोही कामना !
आखिर जिन्दगी हार र जितको संगम हो बिजय र पराजय प्राकृतिक कुरा हुन प्राकृतिक कुरा अनिवार्य हुन्छ्न जुन स्वीकार्य पनि ! एउटाको जित हुनु थियो जित्नु भो एउटा को हार हुनु थियो हार्नु भो … ५६/ ७० हुँदै ७४ को यो एतिहासिक लोकतान्त्रिक महाउत्सब मा आइपुग्दा पनि तपाईंको पोल्टा मा हार पर्यो .. मलाइ त लाग्छ तपाईं ले नैतिक रुपमा जित्नु भएको छ ३२ हजार मत भनेको थोरै बिल्कुल होइन तीन तीन दल मिलेर ल्याएको ५० हजार तीन जनालाइ भाग लाउदा झन्डै १७ हजार पर्छ यो हिसाबले तपाईंले दोब्बर मत ले जित्नु भएको देखियो तर क्यार्नु राजनिती को गणित बडो अजिब हुदो रहेछ हामीले सोझासोझ हिसाब गरे जस्तो हुदो रहेन्छ ! दुखी हुनु हुदैन यो ससार लडने र हिम्मत नहार्नेको लागि मात्र हो। तपाइको साथमा सिङ्गै बाघ समात्ने जस्ता हामी छौ तपाइको पछि ३२/ ३२ हजार को जनसागर छ , आशा गरौ यो ३२ हजारको भेलले मिलेर गएका कम्युनिस्ट हरु लाई एक दिन नराम्रो सग पखालेर गण्डकी पुर्याइदिने छ । डाक्टर हुन त तपाईं लाई मैले नजिकै बाट साक्षत्कार गर्नै मौका पाएको छैन र तपाई ले मलाइ नि चिन्नु भएको छैन पार्टीको एउटा सुभ चिन्तकको नाताले यो अर्घाखाँची साप्ताहिक लाई मार्ग बनाउदै आफ्ना बिचार हरु ब्यक्त गरि रहेछु ।आशा छ पढ्दिनु होला ।

डाक्टर साब ! जति यो चुनाब को परिणाम लाई लिएर चिन्तित हुनुन्छ उत्तिकै मात्रा मा हामी हरु पनि चिन्तित छौ हार मा खुसी रहन सकिएन फेरि सधै दुखी पनि त हुन भएन फेरि बिपक्षि हरु हाम्रा आँसु मा हासिदेलान हाम्रा रोदनमा नाचिदेलान त्यसैले शोक लाई शक्तिमा बदल्नु पर्छ भने झै आगामी दिन नेपाली काङ्ग्रेस कसरि बलियो हुने ? काङ्ग्रेसका कमिकमजोरि के के भए ? जनता माझ कसरी प्रस्तुत हुने लगायत का अनेकन बहस छल फल र समीक्षा अहिले को मुख्य आबस्यकता हो। चुनाब जित्न तामझाम का साथ बाजा गाजा बजाउन पर्दो रहेछ ! चुनाब जित्न खसी पाडा लडाउन पर्दो रहेछ , चुनाब जित्न ध्वजा पतकाले गाउँ शहर रङ्गिबिरङ्गि बनाउन पर्दो रहेछ ! खोइ रक्सीका कार्तुन फुटाएको ? खोइ मोबाईल मा रिचार्ज राखिदिएको ? खोइ गत्तिला गत्तिला टी short दिएको कार्यकर्ता लाई ? त्यसै चुनाब जित्निन्छ ? दिन भर पानी र बिस्कुटको भरमा कसरी खतने घरदैलो अभियानमा ?

एक्ला एक्लै बुढापाका मात्रै ब्यक्तिगत भोट माग्दै हिडेर चुनाब जितिन्छ ? खोइ युवा परिचालन गरेको ? युवा आधी हो युवा हुरि बतास हो युवा तुफान हो खोइ यो कुरो बुझेको ? जहिले शेर बहादुर दाइ , गगन दाइ , राम चन्द्र दाइ , यो दाइ त्यो दाइ फलानो दाइ ढिस्कानो दाइ भन्दै लम्पसार भएर हुन्छ ? जहासम्म काङ्ग्रेस ब्यक्तिबाद र नाताबादमा भासिएको छ भन्ने आरोप छ त्यो एकदम ठिक हो जस्तो लाग्छ ब्यक्तीको blind supporter भएको हुदा पनि काङ्ग्रेस यसरी पछि परेको हो भन्ने मेरो आफ्नो बिस्लेसन हो। काङ्ग्रेस मा युवा लाई चान्स नदिया हुदा बुढा हरु को पार्टी भन्दा रहेछ्न , मेरा कुरा लाई अन्यथा नसोचियोस काङ्ग्रेस मा पुरै युवा नै हुनु पर्छ भन्ने पनि होइन काङ्ग्रेस सबैको साझा होस बुढाखाडा , बलिया बाङ्गा , लुला , लङडा सबैको समान सहभागिता होस युवाले नेतृत्व गरून् युवा लाई स्पेस दिइयोस , मात्र काङ्ग्रेस बलियो हुन्छ ! राजनितीमा भौतिक बल को पनि उत्तिकै जरुरी छ भौतिक रुप मा बलियो हुन युवा नै चाहिन्च सधै शान्तिपुर्ण तरिका ले चलेर पनि हुदैन , हो हल्ला लडाइँ झगडा पनि आबस्यकता अनुसार गर्नु पर्छ सधै गान्धीबादी चिन्तनले नेपालमा आफ्नो बर्चस्व कायम गर्नै थालेको कम्युनिस्ट सग खेल्न निकै गाह्रो हुने निस्चित प्राय नै भै सक्यो त्यसैले कम्युनिस्ट हरु सग बाट पनि केही पाठ सिक्ने पो हो कि ?

नाताबाद र कृपाबाद बाट अलिकती माथी उठेर काङ्ग्रेस पार्टी का समर्थक साथी भाइ हरु लाई उसको सीप क्षमता र दक्षता अनुरुपको रोजिरोटी को ब्यब्स्था गर्न मात्रै सके पनि भोलि देखि काङ्ग्रेस मा एक किसिमको जनलहर आउँछ , बिस्तारै कम्युनिस्टका किल्ला हरु आफै भत्किदै जान्छ्न कसले भत्काउन पर्दैन ! स्व . गिरिजा बाबुले भनेका थिए – कम्युनिस्ट भनेका पाकेका आँप हुन पाक्या आँप लाई झटारो लाउन पर्दैन आफै गलेर झर्छ ।”

कृष्ण राना भाट
स न पा १० गच्छेगैरा