पुर्नसंरचनाको सिमांकनबाट असन्तुष्ट सोलुखुम्बुको तिङलामा भोट् खसेन, बुढ् खाली मात्र कर्मचारी

0
25

पुर्नसंरचनाको सिमांकनबाट असन्तुष्ट सोलुखुम्बुको तिङलामा भोट् खसेन, बुढ् खाली मात्र कर्मचारी

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ६, तिङलामा आइतबार पनि भोट खसेको छैन । स्थानीय तहको निर्वाचन पनि बहिष्कार गरेको तिङलाले प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि बहिष्कार गरेको हो ।

पुर्नसंरचनाको सिमांकनबाट असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका उनीहरुले चुनाव बहिष्कार गर्दै आएका हुन् । ‘हामीले एक भोट पनि खसाउँदैनौं । यो हाम्रो सामूहिक अडान हो,’ स्थानीय अगुवा नैनबहादुर कार्कीले टेलिफोनमा भने, ‘आज पनि कुनै भोट खस्दैन । कर्मचारीहरु आएर बुथ कुर्ने काम मात्र भएको छ ।’

तिङलामा २ सय ४ सय ७६ मतदाता रहेका छन् । गत साता मात्र तिङलाबासीको बृहत भेलालले ‘नो भोट’को नारा सहित चुनाव वहिष्कार गर्ने निर्णय गरेका थिए । स्थानीय तहमा भने उनीहरुले ‘नो भोट, नो क्यान्डिडेट नारा राखेका थिए । अहिले तिङला वडाअध्यक्ष समेत बिहिन अवस्थामा छ ।

कान्तिपुर बाट सभार