“सुसंस्कृत राजनीति, सुशासन, विकास र सम्वृद्धिको पहरेदार विवेकशिल साझा पार्टी” ः मिश्र

0
34

समान्ता पाण्डे “विक्रम”
म्ंसिर ०२ , अर्घाखाँची
विवेकशिल साझा पार्टी अर्घाखाँचीले मंसीर २१ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा चुनावी कार्यक्रमलाई तीव्र रुपमा अगाडी बढाएको छ ।

चुनावी प्रचार प्रसार अन्तर्गत आज भूमिकास्थान नगरपालीकाको ढिकुरा , गौँचौर तथा शितगंगा नगरपालिका अन्तरगत पर्ने सुवर्णखालका विभिन्न स्थानमा भेला, कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार विष्णु प्रसाद मिश्र , अर्घखाँची क्षेत्र नं. १ बाट प्रदेससभा सदस्य पदका उम्मेदवार हरी प्रसाद भुसाल , प्रचार प्रसार संयोजक पवन बन्जाडे , छवी बन्जाडे लागायतका नेताहरुको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएका हुन् ।

घरदैलोकार्यक्रममा मतदाताहरु सँग कुराकानी गर्दै प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार विष्णु प्रसाद मिश्रले उनले वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकास र सम्वृद्धिको पहरेदार विवेकशिल साझा पार्टी मात्र भएको बताए । उनले अहिले सम्म दलहरुले राजनीतिक अधिकारका लागि लडेको कुरा ठिक भएपनि, उनीहरुले त्यसको सट्टा राज्यको दोहन गरेको र लुटतन्त्रमा अग्रसर रहेको भन्दै नेता मिश्रले सुुुसस्कृत राजनितीको विकासमको लागी आप्ःनो उम्मेदवारी रहेको बताएका छन् ।

उनले यो पटक राष्ट्रिय पार्टी र अर्को पटक देशको नेतृत्व भन्ने नाराका साथ अगाडी बढेको बताए । उनले जनताले यसपटक नयाँ विकल्प खोजेको र त्यो विकल्प मात्र विवेकशिल साझा पार्टी भएको हुनाले मतदाताहरुले आफुलाई नै भोट दिनेमा कुनै संका नरहेको बताएका थिए ।
त्यस्तै क्षेत्र नं. १ क का प्रदेससभा सदस्य पदका उम्मेदवार हरी प्रसाद भुसालले विवेकशिल साझा पार्टी प्रति नेपाली नगारीकहरु उत्साहजनक समर्थनमा जुटेको बताउँदै विवेकशिल साझा पार्टी मतदाताहरुको पहिलो रोजाइ बनि सकेको बताएका छन् ।
घरदैलो कार्यक्रममा स्थानीय वासीन्दाको उल्लेख्य उपस्थिती रहेको प्रचार प्रसार संयोजक पवन बन्जाडेले बताएका छन् ।