अर्घाखाँचीका स्थानीय तहका विभिन्न स्थानहरुमा सुरु भएको निशुल्क दन्त शिविर कार्यक्रम स्थगित भएको छ।

0
101

कार्तिक २८, अर्घाखाँची
अर्घाखाँचीका स्थानीय तहका विभिन्न स्थानहरुमा कार्तिक २५ गतेबाट सुरु भएको निशुल्क दन्त शिविर कार्यक्रम स्थगित भएको छ।
कान्तिपुर डेन्टल हस्पिटल , बसुन्धरा, काठमाडौ र अध्ययनमा लागिरहेका युवा युवतीहरुको सामाजिक संस्था सुपादेउराली युथ नेटवर्क “परिवर्तन आफैबाट“ को संयुक्त आयोजनामा यहि कार्तिक २५ गते देखि जिल्लामा रहेका गाउँपालीका तथा नगरपालीकालाई लक्षित गर्दै स्थानीय तहका विभिन्न्न स्थानमा निशुल्क दन्त शिविर सुरु भएको थियो।

दन्त शिविर कार्यक्रम कार्तिक २५,२६ गते सितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा,२७ गते भुमिकास्थान न.पा. नुवाकोटको हटियामा , २८ गते भुमिकास्थान न.पा., ढिकुराको गैरागोठमा , २९ गते छत्रदेव गाउँपालिकाको बल्कोटको पौवामा, त्यस्तै कार्तिक ३० गते र मंसीर १ गते सन्धिखर्क नगरपालिका पन्थी डेन्टल क्लिनिक चुत्राबेसिमा संचालन हुने भनेर सुचना दिइरहेका थियौँ। हाल चुनाबको आचार समिता ले यस्ता कार्यक्रम गर्न नमिल्ने हुँदा प्रमुख जिल्ला अधिकारी खेमराज भुसालको निर्देशन अनुसार कार्यक्रम स्थगित गरि बाँकी रहेका स्थानहरुमा चुनाब पछाडी कार्यक्रम गरिने सुपादेउराली युथ नेटवर्कका सचिव सन्तोष भुसालले बताएका छन।

दन्त शिविरको लागि काठमाडौबाट १४ जनाको दन्त शिविरको टोली आउनु भएको थियो।
शिविरमा भर्न सक्ने दातमा सिमेन्ट भर्ने , दातको सफाइ गर्ने , झिक्न मिल्ने दातलाई झिक्ने तथा आवश्यक औषधि दिने लगायतका सेवा सुविधा रहेको बताइएको थियो। २५ र २६ गते शितगंगा नगरपालिकाको ठाडा प्राथमिक उपचार केन्द्रमा कार्यक्रम गर्दा करिव १६० जानाले सेवा सुभिदा लिनुभएको र यसरी कार्यक्रम स्थगित गरि हिंड्दा डा. हरुको समुहले पनि दु:ख साथै राजनितिक हस्तक्षेप ले गर्दा यस्तो भएको कुरा गर्नुभएको संस्थाकी उपाध्यक्ष: सरस्वता भुसालले जानकारी दिएकि छिन।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरि समाजको लागि निशुल्क स्वास्थ्य शिविर जस्तो कार्यक्रम ल्याएर २ दिन चलाइ स्थगित गर्नु पर्दा निकै दुख लागेको सुपादेउराली युथ नेटवर्कका सदस्यहरू बताउँछन। टीका टिप्पणीहरु धेरै आएका छन तर हामीलाई चुनावी माहोलको केही वास्ता नभई निस्वार्थ भावले कार्य गरेको, वृद्ध हरुलाई उपचार गरि कार्यक्रम सुरुवात गरेको, समाजकोलागी केही गरौँ भावना बोकि संस्था दर्ता भए लगतै अर्घाखाँची, बुटवल र काठमाडौमा अध्यन गर्दा गर्दै बागमती सफाइ महाअभियान, अनाथ आश्रम, वृद्ध आश्रम लगायत विभिन्न कार्यहरू गर्दै अगाडी बडिरहेको सुपादेउराली युथ नेटवर्कका संस्थापक अध्यक्ष बिराज घिमिरेले बताएका छन। साथै यस्ता कार्यहरू गर्दा कुनै पनि राजनीतिक कुरालाई मिसाइ विभिन्न टिकाटिप्पणीहरु नगरिदिनुहुन अध्यक्ष घिमिरेले आग्रह समेत गरेका छन।