नेपाल पहिलोपटक यू-१९ एसिया कपको सेमिफाइनलमा

0
27

कार्तिक २८, २०७४- एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।