नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीद्धारा चुनावी भेटघाट तथा छलफल कार्यक्रमलाई तिब्रता

0
43

समान्ता पाण्डे
कार्तिक २४, अर्घाखाँची
नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले जिल्लामा चुनावी भेटघाट तथा छलफल कार्यक्रमलाई तिब्रता दिएको छ।
पर्टीको चुनावीप्रचार प्रसार कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका २ मा शुक्रवार कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको पालिका कार्यलयमा स्थानीय कार्यकर्ता संग छलफल गरेको हो । । कार्यक्रममा कार्यकर्ता संग स्थानीय तहमा देखिएका बिषयमा समीक्षा गर्दै आसन्न प्रतिनिधि र प्रदेश सभामा निर्वाचनको लागि पाणिनी गाउँपालिकाबाट चुनावी गतिविधीलाई सफल बनाउँनको लागी विभिन्न समिती निर्माया गर्ने जनाएको छ।
बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य तथा दलित शक्ति नेपाल केन्द्रिय अध्यक्ष खिम बहादुर बि क, केन्द्रिय सदस्य राजु नेपाली ,केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार छ्न्द बहादुर पन्थी , केन्द्रिय सदस्य तथा प्रदेश सभा क्षेत्र न १का उम्मेदवार गोकर्ण थापा,केन्द्रिय सदस्य जिन्दक खड्का,जिल्ला सचिवालय सदस्य तथा दलित शक्ति नेपाल अर्घाखाँची जिल्ला संयोजक दिनेश सुनार , साथै पाणिनी गाउँपालिका सदस्य माधब पोख्रेल ,लिलाबती पाण्डे घिमिरे,भोजराज पौडेल,बिस्नु माया पाण्डे र जीवन नेपाली लगायत सहभागीता रहेको थियो ।
बैठकमा बोल्दै नयाँ शक्ति पार्टी नेपाल केन्द्रिय सदस्य तथा दलित शक्ति केन्द्रिय अध्यक्ष साथै समानुपातिक सदस्य पद्का उम्मेदवार खिम बहादुर बि क ले देश आर्थिक समृद्धिको चरणमा प्रबेश गरेको हुँदा चुनाबमा पनि देश नयाँ शक्तिमय बनेको छ र देशले जित्नका लागि नयाँ शक्तिले जित्नु पर्ने भएकोले सफलता मिल्ने बताए । त्यसमा कुनै संका नरहेको बताएका छन् ।
बिकले हाल भएका बाम गठबन्धन आफ्नो अस्तित्व जोगाउन र पारिवारिक स्वार्थको लागि बनेको बन्धन रहेको भन्दै गठबन्धनको स्थायित्व नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै कसुर नराखी जनताको घर दैलोमा लाग्न अनुरोध गरे ।
यता ,प्रतिनिधि सभा सदस्य छ्न्द पन्थीले देश डाक्टर बाबुराम भट्टराईकै एजेन्डामा चलेको हुँदा जनताबाट पनि यसपालिको निर्वाचनमा देश भरबाट नयाँ शक्तिको उचित मुल्यांकन हुँने भन्दै जनता पुरातनवादी सोचभन्दा माथी उठ्न चाहेको भन्दै अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा आफू विफल हुन्छु भन्ने कुनै संका नरहेको बताए ।
उनले पाणिनी गाउपालिकाका नेता कार्यकर्तालाई उत्साह पुर्ब ढंगले फिल्ड्मा लाग्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य राजु नेपालीले आफ्नो राजनीतिक ईतिहास लामो भएको भन्दै जस्तो सुकै परिस्थितिमा उताप चडाप आएता पनि बैकल्पिक शक्ति बनाउनमा एक ढिक्क भएर लाग्न कार्यकर्ता समक्ष उर्जाशल भनाइहरु राखे ।
पार्टीले केही दिन भित्रै पाणिनि गाउँपालिकामा चुनावी गतिविधीलाई सफल बनाउन विभिन्न समिती बनाई अगाडी बढ्ने बताएको छ ।

Januar 2017 um 12 28 zu hattie in der https://www.ghostwriter-hilfe.com/ hattie- studie ich besitze das buch steht sinngemäß auf s